इटालीले लगातार दोस्रो पटक विश्वकप खेल्नबाट बञ्चित


११ चैत्र २०७८, शुक्रबार
italy

काठमाडौं । युरोपियन च्याम्पियन इटालीले सन् २०२२ को विश्वकप खेल्न नपाउने भएको छ । नर्थ म्यासेडोनियासँग प्लेअफमा पराजित हुँदै इटाली विश्वकप छनोटबाट बाहिरिएको हो ।

खेलको ९२ औं मिनेटमा अलेक्सान्डर ट्राज्कोभस्कीले निर्णायक गोल गर्दै म्यासेडोनियालाई ऐतिहासिक जीत दिलाए । गोलसँगै म्यासेडोनियाको बेञ्चमा खुशीयाली छाएको थियो भने इटालीका खेलाडी र कोचिङ स्टाफ घरेलु फ्यान अगाडि घुँडा टेकेका थिए । खेलमा इटालीले नियन्त्रण राख्दै गोलका लागि ३२ वटा प्रयास गरे पनि विपक्षीको पोष्टमा मात्र पाँच वटा गर्न सक्यो ।

योसँगै इटाली लगातार दोस्रोपटक विश्वकप खेल्नबाट बञ्चित बनेको छ । जबकि आठ महिनाअघि मात्र रोबार्टो मान्चिनीको टोलीले इङल्याण्डलाई वेम्बलीमा हराउँदै सन् २०२० को युरोकपको उपाधि जितेको थियो । यता म्यासेडोनियाले अब विश्वकपमा स्थान बनाउनका लागि पोर्चुगलको सामना गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७