चारपल्ट स्थगन भएको मधेस प्रदेशसभाको बैठक आज बस्दै


११ चैत्र २०७८, शुक्रबार
pradesh 2

धनुषा । मधेस प्रदेशको प्रदेशसभाको बैठक आज (शुक्रबार) बस्न लागेको छ । प्रदेशसभा सचिवालयका अनुसार आज अपराह्न २ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश सरकारले कृषि विश्वविद्यालय तथा प्राविधिक शिक्षा विश्वविद्यालयसम्बन्धी प्रतिस्थापन विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जीतकुमार यादवले जानकारी दिए ।

यस्तै अघिल्लो बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि समेत छलफल हुने कार्यसूची रहेको सचिव यादवले बताए ।

यसअघि फागुन १ गते आह्वान गरेको प्रदेशसभाको बैठक विशेष कारण जनाउँदै प्रदेशसभा सचिवालयले पटक-पटक गरी चार पटक स्थगन गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७