सातमध्ये कांग्रेसका पाँच प्रदेश सभापति गठबन्धनको विपक्षमा


११ चैत्र २०७८, शुक्रबार
Congress scaled

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका पाँच प्रदेश सभापति चुनावी गठबन्धनको विपक्षमा देखिएका छन् । सात प्रदेशमध्ये मधेस प्रदेशका कृष्ण यादव, गण्डकीका शुक्रराज शर्मा, लुम्बिनीका अमरसिंह पुन, कर्णालीका ललितजंग शाही र सुदूरपश्चिमका वीरबहादुर बलायर गठबन्धनको विपक्षमा उभिएका हुन् ।

त्यसमध्ये पनि लुम्बिनी र गण्डकीका प्रदेश सभापति गठबन्धन गर्नै नहुने पक्षमामा छन् । सुदूरपश्चिमका बलायर बैठकमा उपस्तिथित छैनन् । तर, उनी गठबन्धनका पक्षमा छैनन् ।

कर्णालीका सभापति शाही स्थानीय आवश्यकताका आधारमा गठबन्धन गर्न पर्ने पक्षमा देखिएका छन् । केन्द्रबाटै गठबन्धनको निणर्य लिन नहुने उनको मत छ । मधेश प्रदेशका सभापति यादवले पनि गठबन्धन गर्दा स्थानीय आवश्यकतालाई प्रमुख आधार बनाउनुपर्ने बताएका छन् ।

प्रदेश-१ का उद्धव थापा र वागमती प्रदेशका सभापति इन्द्र बानियाँ भने गठबन्धनको पक्षमा उभिएका छन् । उनीहरूले एमाले कमजोर नभएको र मुख्य प्रतिस्पर्धा पनि एमालेसँगै रहेकाले सत्तासीन दलहरूबीच गठबन्धन हुनुपर्ने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७