बैंक अफ काठमाण्डूका ग्राहकलाई पोखराको रोडहाउस क्याफेमा १० प्रतिशत छुट


११ चैत्र २०७८, शुक्रबार
Roadhouse Cafe

काठमाडौं, ११ चैत । बैंक अफ काठमाण्डू र रोड हाउस क्याफे पोखराबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकरूलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ।

यस सम्झौता पश्चात ग्राहकहरूले रोड हाउस क्याफे पोखरामा उपलब्ध हुने सम्पूर्ण सेवाहरूमा एकमुष्ठ १० प्रतिशत छुट पाउने भएको हो। उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरूले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नु पर्छ।

रोड हाउस क्याफे पोखराले लेकसाइड, पोखराबाट सेवाग्राहीहरूलाई गुणस्तरीय सेवा तथा सुविधाहरू प्रदान गर्दै आएको छ।

हालसम्म बैंक अफ काठमाण्डूले ९७ शाखा कार्यालयहरू, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई बैंकिङ सुविधा प्रदान गर्दैछ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७