मधेश प्रदेशमा सनराइज बैंकको वित्तीय साक्षरता कार्यक्रम


११ चैत्र २०७८, शुक्रबार
Sunrise1648206823

काठमाडौं, ११ चैत्र । सनराइज बैंकले प्रदेश २ मा विभिन्न शाखामा वित्तीय साक्षरता कार्यक्रम गरेको छ। मार्च २१ देखि मार्च २७ सम्म विश्वव्यापी रुपमा मनाइदै आएको ग्लोबल मनि सप्ताहमा साथ जनाउँदै बैंकले वित्तीय साक्षरता कार्यक्रम गरेको छ।

चैत्र ८, ९ र १० गते राजविराज, लहान र गौरमा बैंकले उक्त कार्यक्रम गरेको हो। एनबिआइसँग सहकार्य गरी आयोजना गरिएको उक्त कार्यक्रममा नेशनल बैंकिङ इन्स्टिच्युटको तर्फबाट विनोद अधिकारी तथा बैंकका प्रतिनिधिहरू सहभागी भई साक्षरता प्रदान गरेका थिए।

वित्तीय साक्षरता कार्यक्रमलाई अझै प्रभावकारी बनाउन बैंकका नायब महाप्रबन्धक अपछ कुमार यादब समेत गौरको कार्यक्रममा सहभागी भए। उनले वित्तीय साक्षरताको महत्व पैसाको प्रयोग र उपयोगीताबारे सहभागीहरूलाई साक्षर हुन आग्रह गरे।

एक सय जनाभन्दा बढी स्थानीय महिला, साना व्यवसायी तथा अन्य व्यक्तिहरूको सहभागीता रहेको उक्त कार्यक्रमहरूमा बचत र खर्चको व्यवस्थापन, ऋण प्रक्रिया र उचित प्रयोग, डिजिटल बैंकिङ, डिजिटल बैंकिङमा अपनाउनु पर्ने सर्तकता सुरक्षित रेमिट्यान्स प्रणालीलगायतका विषयमा साक्षयरता प्रदान गरेको थियो।

सनराइज बैंकले वित्तीय साक्षरताको अभावमा मानिसहरूले असुरक्षित आर्थिक कारोबार गर्न नपरोस्, बैंक तथा वित्तीय क्षेत्रमा सम्पूर्ण व्यक्तिहरूको पहुँच पुगोस्, डिजिटल कारोबारका बारेमा व्यक्तिहरू अभ्यस्त बनुन्, आफ्नो व्यवसायिक योजनालाई बैंकको सहायताले बढाउन सकियोस् र त्यसले व्यक्तिहरूको आर्थिक आर्जन बढाई उनीहरूको जीवनस्तर पनि बढाउन सकियोस् भन्ने उद्देश्य साथ देशव्यापी रूपमा वित्तीय साक्षरता कार्यक्रम गर्न लागेको बैंकले जनाएको छ।

हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ८७ वटा शाखारहित बैंकिङ सेवा, १३ वटा एक्सटेन्सन काउन्टर र १५९ वटा एटिएम मार्फत् आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्दैछ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७