परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता


१२ चैत्र २०७८, शनिबार
wang khadka1 F0DDcy6wSn

काठमाडौँ, १२ चैत । नेपालको भ्रमणमा रहेका चीनका स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीले औपचारिक भेटवार्ता सुरु गरेका छन्। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा नेपाल र चिनियाँ समकक्षीबीच भेटवार्ता भएको हो ।

भ्रमण तालिका अनुसार दुई परराष्ट्रमन्त्रीबीच शनिबार भएको छलफलपछि प्रतिनिधिमण्डलस्तरीय छलफल हुनेछ । त्यसपछि शनिबार नै नेपाल र चीनबीच विभिन्न सम्झौतामा दुईपक्षीय छलफल हुनेछ ।

चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्नेछन् । शुक्रबार नेपाल आएका विदेशमन्त्री यी आइतबार स्वदेश फर्किनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७