२०७८ चैत १४ गते सोमबारको तपाईको राशिफल


१४ चैत्र २०७८, सोमबार
rasifal 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्ने छ । पेसा र व्यवसायबाट धन प्राप्त हुनेछ । कसैकसैका लागि सन्तान सुखको योग छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ । खानपिनप्रति सजग र स्वास्थ्यको ख्याल गर्नुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ । गृह कार्यमा मन जानेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । एकोहोरो माया प्रेमले सताउन सक्छ । आर्थिक कारोबारमा बिवाद पनि आउला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज झमेला र आफ्नो कार्य सम्पादनमा समस्या आउला । चोटपटकको भय छ सचेत रहनुहोला । साँझमा पैसा खर्च हुने योग छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज एउटै कामबाट दोहोरो लाभ मिल्ने छ बन्धुबान्धवबाट सहयोग मिल्ने छ । स्वादिष्ट खानापिनाको योग पनि रहेको छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । कृषि र उत्पादनमूलक कार्य पनि अघि बढ्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज पारिवारिक भेटघाटमा रमाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज टाढाका नातागोता वा परिवारजनसँग प्रविधिमार्फत भेटघाट हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज सामाजिक सेवा गर्ने अवसरले मान प्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्ने छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज रोकिए काम दोहोर्‍याएर गर्दा फाइदा हुन सक्छ । जीवन साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । मनमा सहयोग भाव आउला । कुनै कुराले मनमा प्रसन्नता पनि छाउने छ ।

  • ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७