त्रिदेशीय टी-२० श्रृङ्खलामा आज नेपाल र पपुवा न्युगिनी खेल्दै


१४ चैत्र २०७८, सोमबार
nepalicricketteam 20220321091842
फाइल फोटो

काठमाडौं । नेपाल, मलेसिया र पपुवा न्युगिनी (पीएनजी) सम्मिलित त्रिदेशीय टी-२० श्रृङ्खला आज (सोमबार) देखि शुरु हुँदैछ ।

डबल राउण्ड रोबिनको आधारमा हुने श्रृङ्खलाको पहिलो खेलमा नेपालले आज पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दैछ । खेल कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे हुनेछ । यसअघि नेपाल र पीएनजी एक पटक टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा आमनेसामने भएका छन् ।

सन् २०१५ मा नेपालले आईसीसी टी-२० विश्व कप छनोट प्रतियोगितामा पीएनजीसँग खेलेको थियो । ७ वर्षअघि भएको खेलमा नेपाल ८ विकेटले पराजित भएको थियो । नेपालले दोस्रो खेलमा पर्सी मलेसियासँग र आउँदो बिहीवार पपुवा न्युगिनीसँग खेल्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७