एमाले अध्यक्ष ओली रुपन्देही र कपिलवस्तु जाँदै, के-के छन् कार्यक्रम ?


१४ चैत्र २०७८, सोमबार
kpoli jhapa A1nZDW57qB

काठमाडौं । विभिन्न दलका नेता-कार्यकर्तालाई पार्टी प्रवेश गराउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार रुपन्देही जाँदैछन् ।

एमाले लुम्बिनी प्रदेश अध्यक्ष लीला गिरीका अनुसार अध्यक्ष ओलीले भैरहवामा पार्टी प्रवेश गराउने र अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ । भैरहवाको कार्यक्रम सकेर ओली दिउँसो कपिलवस्तुको तौलिहवा जानेछन् । तौलिहवामा २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सूर्य चिन्ह लिएर चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहका बृजेशकुमार गुप्तासहित विभिन्न पार्टीका नेता, कार्यकर्तालाई ओलीले एमाले प्रवेश गराउने कार्यक्रम छ ।

यस्तै स्वतन्त्र राजनीतिक समूहबाट निर्वाचित प्रदेश सांसद धर्म बहादुरलाल श्रीवास्तव पनि एमालेमा प्रवेश गर्ने अध्यक्ष गिरीले बताए । अध्यक्ष ओली सोमबार साँझ बुटवलमा बास बस्ने र मंगलबार बिहान तिलोत्तमा नगरपालिकास्थित शंकरनगर वनबाटिकाभित्र निर्माण भएको भ्यू टावर उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

यस्तै मंगलबार दिउँसो लुम्बिनीमा वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको गिरीले बताए । लुम्बिनीमा जसपाबाट निर्वाचित तीन जना वडाध्यक्ष, एक दर्जन वडासदस्य एमालेमा प्रवेश कार्यक्रम तय भएको एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७