लिङ्गदेनले बनाए राप्रपाको ‘हाइ कमाण्ड’, नवराज सुवेदीदेखि दीपक बोहरासम्म समेटिए (सूची)


१४ चैत्र २०७८, सोमबार
rajendra lingden

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्य सम्पादन समिति (हाइ कमाण्ड) गठन गरेको छ । सोमबार अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम २० सदस्यीय केन्द्रीय कार्य सम्पादन समिति गठन गरेका हुन् ।

राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार कार्यसम्पादन समितिमा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, उपाध्यक्ष बिक्रम पाण्डे, महामन्त्री राजेन्द्र गुरुङ्ग, उपाध्यक्ष ध्रुबबहादुर प्रधान, उपाध्यक्ष रोशन कार्की , उपाध्यक्ष हेमजङ्ग गुरुङ्ग, उपाध्यक्ष मुकुन्द श्याम गिरी छन् ।

यस्तै महामन्त्री डा.धवल शमशेर राणा, महामन्त्री भुवन पाठक, महामन्त्री प्रल्हाद प्रसाद साह, महामन्त्री कुन्ती कुमारी शाही, केन्द्रीय सदस्य दीपक बोहोरा, केन्द्रीय सदस्य नवराज सुवेदी, केन्द्रीय सदस्य हरि बहादुर बस्नेत , केन्द्रीय सदस्य बालाराम घर्तीमगर , केन्द्रीय सदस्य जयन्त चन्द, केन्द्रीय सदस्य टंक ढकाल , केन्द्रीय सदस्य ठाकुर प्रसाद शर्मा, केन्द्रीय सदस्य ऋषि बाबु परियार छन् ।
समितिमा को-को छन् ?

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७