इजरायलका प्रधानमन्त्रीलाई कोरोना भाइरस संक्रमण


१४ चैत्र २०७८, सोमबार
hE090jJc9FRuxXIJJOAT.jpg.crdown2022 03 22 03 03 03

जेरुसेलम । इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेटलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । प्रधानमन्त्रीको कार्यालयले सोमबार दिएको जानकारी अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकनसँगको भेटवार्ता भएलगत्तै उनलाई सङ्क्रमण पुष्टि भएको हो ।

‘हिस्टोरिक समिट’ का क्रममा उनीहरूका बीचमा आइतबार साइडलाइन भेटवार्ता भएको अधिकारीहरूले जनाएका छन् । समिति इजरायलको जेरुसेलममै भएको थियो ।

उनले अस्वस्थ महसुस गरेपछि एकान्तवासमै रहेर आफ्ना काम गरिरहेको र तत्काल अरुसँग भौतिक सम्पर्कमा नरहने निणर्य गरेको जनाइएको छ । उनी त्यसअघि इजरायलकै उत्तरी शहर हाडेराको भ्रमणमा पनि गएका थिए । त्यहाँ इस्लामी स्टेटका लडाकुहरूको आक्रमणमा परी दुई प्रहरी मारिएका थिए ।

घटनाका बारेमा उनले आइतबार राति रक्षा तथा सार्वजनिक सुरक्षा मन्त्री, सेना प्रमुख र अन्य उच्च सरकारी अधिकारीहरूसँग पनि छलफल गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७