कांग्रेस केन्द्रीय कार्य समितिको बैठक शुरू, चुनावी समीकरणबारे निर्णय लिने


१४ चैत्र २०७८, सोमबार
congress meeting scaled

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुरु भएको छ । स्थानीय तहको निर्वाचनको तयारीबारे छलफल गर्न बैठक बोलाइएको हो ।

सानेपास्थित केन्द्रीय कार्यालयमा शुरु भएको बैठकमा पदाधिकारी र वरिष्ठ केन्द्रीय पदाधिकारीहरुले आ-आफ्ना राय प्रस्तुत गर्नेछन् । प्रवक्ता प्रकाशशरण महतका अनुसार आजको बैठकले आगामी स्थानीय चुनावमा गठबन्धन (समीकरण) गर्ने कि नगर्ने भन्नेबारे छलफल गर्नेछ । यसका साथै चुनावी संयन्त्र कस्तो बनाउने भन्नेबारे पनि छलफल हुने उनले बताए । यस्तै वैठकले चुनावी घोषणापत्रबारे पनि छलफल गर्ने जनाइएको छ ।

शुक्रबारदेखि शुरू भएको बैठकमा चुनावी अभियानका लागि ७७ वटै जिल्लामा खटिएका केन्द्रीय नेताहरूले जिल्लाको वस्तुगत अवस्थाको रिपोर्टिङ गर्ने क्रम चलिरहेको छ । त्यसक्रममा चुनावमा गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा नेताहरूले फरक फरक मत राखिरहेका छन् । शुक्रबार २१ जिल्लामा खटिएका नेताहरूले धारणा राखेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७