छाङ्गरुमा पाँच महिनादेखि टेलिफोन सेवा अवरुद्व


१४ चैत्र २०७८, सोमबार

दार्चुला । व्यासको छाङ्गरुमा पाँच महिनादेखि टेलिफोन सेवा अवरुद्व भएको छ । स्काई टावर रहेको छाङ्गरुमा हिमपातका कारण टेलिफोन सेवा अवरुद्व भएको हो ।

गत मंसिरको हिमपातपछि छाङ्गरुमा टेलिफोन सेवा बन्द भएको छ । हिमपातका कारण अहिले पनि सो क्षेत्रको टेलिफोन सेवा सञ्चालन गर्न नसकिएको नेपाल टेलिकमका कार्यालय प्रमुख कृष्णबहादुर गुरुङले बताए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

‘नेपाल टेलिकमको स्काई टावर राखिएको क्षेत्रसम्म अहिले पनि हिउँ नपग्लिएका कारण जान सकिने अवस्था रहेन’, गुरुङले भने, ‘हिउँ पग्लिएपछि वैशाखपछि मात्रै फोन सेवा सञ्चालन गर्न सकिएला, सशस्त्र प्रहरीका लागि एन्टीसेटमार्फत जडान गरिएका दुई फोन लाइन भने सञ्चालन गरिएको छ ।’

city
ncll 2

सशस्त्र प्रहरीले पनि महिनौँ दिन सञ्चारविहीन हुनुपरेको थियो । अहिले कार्यालय प्रमुख गुरुङले आफै छाङ्गरु पुगेर सशस्त्र प्रहरीको फोन लाइन सञ्चालन गरिएको जानकारी दिए ।

jagdamba.cement
nepal liquors

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७