मलाई पनि माओवादीले गोली हानेका हुन्, पुराना कुरा बिर्सौ, गठबन्धन गरेर जाँऔं : देउवा


१४ चैत्र २०७८, सोमबार
deuwa 1

काठमाडौं । प्रधानमन्त्री समेत रहेका सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो सिद्धान्तमा शंका नगर्न केन्द्रीय सदस्यहरुलाई आग्रह गरेका छन् । उनले जारी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
‘मेरो आइडियोलोजीमा शंका नगर्नुस्’, उनले भने, ‘म धेरै लडेको मान्छे हुँ । म अब पार्टी सभापति हुने होइन । तपाईंहरु जो-जो हुने हो हुनुहोस ।’

‘मलाई पनि माओवादीले गोली हानेका हुन्, पुराना कुरा बिर्सौ’
कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा गठबन्धनको विकल्प नभएको बताएका छन् । उनले केन्द्रीय समितिको बैठकमा यस्तो धारणा राखेका हुन् ।

‘गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ यार ! गठबन्धन नगरेर हुन्छ ? गठबन्धन (तालमेल) गरेर जाँदा हामी सबैले जित्छौं भन्या । ए बाबा ! पहिला धेरै साथीहरु हारेका होइनन् र ? मलाई पनि माओवादीले गोली हानेकै हुन् नि ! पुराना कुरा सम्झेर हुन्छ र ? त्यसकारण गठबन्धन गरेर जाऔं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७