काँक्रेबिहार संरक्षणार्थ प्रहरी बिट निर्माण


१४ चैत्र २०७८, सोमबार
kakre bihar scaled

सुर्खेत । ऐतिहासिक पुरातात्विक महत्वको क्षेत्र काँक्रेबिहारको संरक्षणका लागि छ लाखको अस्थायी प्रहरी विट निर्माण गरिएको छ ।

कर्णाली प्रदेशको राजधानीमा अवस्थित वीरेन्द्रनगर नगरपालिका- ३ सुर्खेतको वडा कार्यालयले रु छ लाख ५० हजारमा अस्थायी प्रहरी विटको भवन निर्माण गरेको हो । सुर्खेतको प्रमुख पर्यटकीय क्षेत्र मानिने काँक्रेबिहारमा बनेको उक्त भवनको उद्घाटन नगर प्रमुख देवकुमार सुवेदीले गरे ।

विसं २०७६ भदौ २५ गतेबाट सञ्चालनमा रहेको अस्थायी प्रहरी बिटले आजदेखि आफ्नै पक्की भवनबाट कार्यसञ्चालन गरेको छ । आर्थिक विकासका हिसाबको आधारशीला मानिने काँक्रेबिहार सबैको साझा सम्पति भएको उनको भनाइ थियो । त्यस्तै, उपप्रमुख मोहनमाया ढकालले बढ्दो जनसंख्यासँगै राज्यसँग सुरक्षा चुनौती भएकोले जनतासँग प्रहरी छ भन्ने अनुभूति दिएर काम गर्न प्रहरीलाई सुझाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७