नेपालले पीएनजीलाई १५ रनले हरायो


१४ चैत्र २०७८, सोमबार
png

काठमाडौं । त्रिदेशीय टी-२० श्रृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई १५ रनले हराएको छ ।
नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको पीएनजी १९ ओभर २ बलमा १६८ रनमा अलआउट भयो । पीएनजीका नोरमान भानुआले सर्वाधिक ५२ रन बनाए । यस्ते सेसे बाउले ३०, चार्ल्स अमिनीले २२ र लेगा सिकाले २१ रन जोडे ।

बलिङतर्फ नेपालका सन्दीप लामिछाने र करण केसीले तीन/तीन विकेट लिए । यस्तै अविनाश बोहराले दुई र सोमपाल कामीले एक विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ८३ रन बनायो । नेपालका लागि आशिफ शेखले सर्वाधिक ४३ रन बनाए । यस्तै रोहित पौडेलले ३४, आरिफ शेखले ३१ र कुशल भुर्तेलले २० रन जोडे । बलिङतर्फ पीएनजीका एली नाओ, चाद सोपर र चार्ल्स अमिनीले २/२ विकेट लिए ।

नेपाल, मलेसिया र पपुवा न्युगिनी (पीएनजी) सम्मिलित त्रिदेशीय टी-२० श्रृङ्खला आजदेखि सुरु भएको हो । नेपालले दोस्रो खेलमा पर्सि बुधवार मलेसियासँग र आउँदो बिहीवार पपुवा न्युगिनीसँग खेल्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७