गगनले भने, ‘म चाँहि गठबन्धनको पक्षमा छैन’

‘अहिले हँसिया हथौडा र कलममा भोट हाल्न लगाएको मतदाताले अर्को चुनावमा रुखमा भोट हाल्लान् ?’


१४ चैत्र २०७८, सोमबार
gagan thapa ToICdC7ULY

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू गठबन्धनको पक्षमा नभएको स्पष्ट पारेका छन् । जारी केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्दै उनले आफू गठबन्धनको पक्षमा नभएको बताएका हुन् ।

‘म गठबन्धनको पक्षमा छैन । गठबन्धनलाई सैद्धान्तिक हिसाबले पुष्टि गर्न सकिँदैन । देशभरका लाखौं मतदातालाई रुख बाहेक अन्यत्र भोट हाल्न भन्ने हो भने तिनले भविष्यमा रुखमै भोट हाल्छन् भन्ने के ग्यारेन्टी ? अहिले हँसिया हथौडा र कलममा भोट हाल्न लगाएको मतदाताले अर्को चुनावमा रुखमा भोट हाल्ला त ?’, उनको भनाइ थियो ।

उनले कम्युनिष्टबाट लोकतन्त्र खतरामा छ भनेर बारम्बार भनेको स्मरण गर्दै अबको चुनावमा कम्युनिष्ट मिल्न नदिएर लोकतन्त्र बचायौं भनेर जाने हो ? भन्दै प्रश्न गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७