ओलीलाई साइजमा राख्न गठबन्धन गर्नुपर्छ, बलियो बन्न दिनु हुँदैन : रामचन्द्र पौडेल

‘प्रचण्ड-माधवलाई हामीले मत दिएर भए पनि राख्नु पर्छ, नत्र लोकतन्त्र संकटमा पर्छ’


१४ चैत्र २०७८, सोमबार
ramchandra paudel
फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले र केपी शर्मा ओलीलाई साइजमा राख्न पनि गठबन्धन आवश्यक भएको बताएका छन् ।

उनले अहिलेको लडाइँ नै एमालेसँग रहेको बताएँदै उनले भने, ‘अहिले ओलीलाई बलियो बनाउन हुँदैन । प्रचण्ड र माधव नेपाललाई हामीले मत दिएर पनि राख्नुपर्छ । ओलीलाई साइजमा राख्नुपर्छ । नभए लोकतन्त्र संकटमा पर्छ ।’ कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पौडेलले यस्तो धारणा राखेका हुन् ।

जारी केन्द्रीय कार्यसमिति बैठकमा आगामी स्थानीय तहको चुनावमा गठबन्धन गर्ने/नगर्ने भन्ने विषयमा बहस भइरहेको छ । नेता शेखर कोइराला, महामन्त्री गगन थापाले कांग्रेस एक्लै चुनावमा जानुपर्ने बताइरहँदा सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भने गठबन्धन गरे सबै सिट जितिने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७