कांग्रेसका अधिकांश केन्द्रीय सदस्य चुनावी तालमेलका पक्षमा


१४ चैत्र २०७८, सोमबार
congress 1

काठमाडौं । नेपाली कांग्रेसका अधिकांश केन्द्रीय सदस्य आगामी स्थानीय तह निर्वाचनमा हाल सत्ता गठबन्धनमा कायम रहेका दलसँग चुनावी तालमेलका पक्षमा धारणा व्यक्त गरेका छन् ।

शुक्रबारदेखि जारी केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांशले स्थानीय आवश्यकता र पार्टीको उपस्थितिका आधारमा चुनावी तालमेल गर्दा नै उपयुक्त हुने राय व्यक्त गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

बैठकमा कांग्रेसले स्थानीय तहको निर्वाचनका सन्दर्भमा हाल सञ्चालन गरिरहेको एक महिने ‘घर-घर जाऔँ कांग्रेस जिताऔं’ अभियानको समीक्षाका साथै आगामी निर्वाचनमा पार्टीलाई कसरी बढीभन्दा बढी सिटमा विजयी तुल्याउने भन्नेलगायत समसामयिक विषयमा सदस्यहरूले धारणा प्रस्तुत गरेका थिए ।

प्रवक्ता डा. महतले मङ्गलबार दिउँसो पुनः बस्ने केन्द्रीय कार्य समिति बैठकले सदस्यका धारणाका आधारमा आवश्यक निणर्य गर्ने जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७