शशांकको प्रस्ताव : स्थानीय तहमा तालमेल नगरौं, प्रदेश र संघीय चुनावमा सल्लाह गरौंला


१४ चैत्र २०७८, सोमबार
Shashanka koirala
फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालले स्थानीय तह निर्वाचनमा गठबन्धन नगर्न प्रस्ताव गरेका छन् ।

गत शुक्रबारदेखि जारी केन्द्रीय समिति बैठकमा सोमबार बोलेका कोइरालाले स्थानीय निर्वाचन सकिएपछि प्रदेश र संघमा गठबन्धन गर्ने/ नगर्ने विषयमा छलफल गर्न प्रस्ताव गरेका हुन् ।

‘पार्टीभित्रै एक मत हुन नसकेको अवस्थामा स्थानीय तह निर्वाचनमा तालमेलपट्टि नलागौं’, शशांकको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘स्थानीय चुनाव सकिएपछि प्रदेश र केन्द्रमा गठबन्धन गर्ने नगर्ने विषयमा सल्लाह गरौंला ।’ उनले पार्टीभित्रै असन्तुष्टि बोकेर चुनावी गठबन्धनमा गए त्यसले दुर्घटना निम्त्याउने चेतावनी समेत दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७