आगलागी पिडितलाई भोजपुर-काठमाडौं सम्पर्क मन्चको सहयोग


१४ चैत्र २०७८, सोमबार
277216561 485294769967968 5897556105130093178 n

काठमाडौं, १४ चैत । नेकपा एमाले भोजपुर-काठमाडौं सम्पर्क मञ्चले भोजपुरको षडानन्द नगरपालिका वडा नं २ का आगलागी पीडित परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । सन्तराज आचार्यको घर गत चैत ४ गते आगलागी भएर सम्पुर्ण समाग्री नष्ट भएको थियो ।

आगलागी पिडित परिवारलाई भोजपुर काठमाडौं सम्पर्क मञ्चले २० हजार, भोजपुर कतार सेवा समाजले ११ हजार पाँच सय, नेकपा एमाले वडा पार्टि कमिटीबाट ६ हजार ६ सय २० र रोशन बस्नेतले ५ हजार आर्थिक सहयोग गरेका थिए ।

उनिहरुबाट प्राप्त भएको कुल ४३ हजार १ सय २० रुपैयाँ आचार्य परिवारलाई हस्तान्तरण गरिएको भोजपुर काठमाडौं सम्पर्क मञ्चका उपाध्यक्ष इश्वर आचार्यले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७