बैंक अफ काठमाण्डूले सम्पन्न गर्यो वित्तीय साक्षरता कार्यक्रम


१४ चैत्र २०७८, सोमबार
bank of kathmandu bok XU1Y77KMNy

काठमाडौं, चैत १४ । बैंक अफ काठमाण्डूले देशको विभिन्न ठाउँमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ।

विश्व वित्तीय सप्ताह २०२२ को सन्दर्भ पारेर बैंकले मुलुकभर विभिन्न स्थानमा सात दिन ९मार्च २१ तारिखदेखि मार्च २७० वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन गरेको हो।

बैंककोे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले मुलुकभरका विभिन्न कलेज तथा स्कुलमा कक्षा ८ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरूलाई वित्तीय साक्षरता सम्बन्धी विशेष कार्यक्रम सञ्चालन गरेको हो।

उक्त कार्यक्रममा बैंकका प्रतिनिधीहरूले विभिन्न स्कुल तथा कलेजमा गई विद्यार्थीहरूलाई बैंकिङ तथा वित्तीय साक्षरता सम्बन्धी जानकारी गराएका हुन्। उक्त कार्यक्रमले विद्यार्थीहरूको वित्तीय तथा बैंकिङ साक्षरता सचेतना अभिबृद्धिमा सहयोग पुगेमा बैंक सकारात्मक छ।

हालसम्म बैंक अफ काठमाण्डूले ९७ शाखा कार्यालयहरू, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दैछ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७