मेगा बैंकबाट देशव्यापी वित्तीय साक्षरता अभियान सम्पन्न


१४ चैत्र २०७८, सोमबार
mega bank1648474028

काठमाडौं, १४ चैत । मेगा बैंक नेपालले देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।

‘ग्लोबल मनी वीक २०२२’ लाई सफल बनाउने उद्देश्यले मेगा बैंकले चैत ७ गतेदेखि १३ गतेसम्म सातै प्रदेशका विभिन्न शाखा कार्यालयहरू मार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उक्त कार्यक्रम प्रदेश नम्बर १, मधेश प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका तीन(तीन वटा शाखा तथा बागमती प्रदेशका चार वटा शाखा र गण्डकी प्रदेशका ६ वटा शाखा गरी बैंकका जम्मा २५ वटा शाखामा सञ्चालन गरिएको हो।

city
ncll 2

‘ग्लोबल मनी वीक’ वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यले वार्षिक रूपमा मनाइने एक साप्ताहिक अन्तर्राष्ट्रिय अभियान हो। किशोर(किशोरी तथा युवावर्गको वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्नु यो सप्ताहव्यापी वित्तीय चेतनामूलक अभियानको मुख्य उद्देश्य रहेको छ।

jagdamba.cement
nepal liquors

मेगा बैंकले नेपाल राष्ट्र बैंकले जारी गरेको वित्तीय साक्षरता मार्गदर्शन, २०७८ बमोजिम तोकिएका वर्गलाई लक्षित गरी एक सातासम्म यो देशव्यापी कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रममार्फत डिजिटल बैंकिङ, वित्तीय स्रोत, वित्तीय कारोबार, व्यक्तिगत आय आर्जनको पहिचानका साथै आय आर्जनको उपयोगिता बढाउने लगायत अन्य वित्तीय जानकारीका सम्बन्धमा सचेत गर्न लक्षितवर्गलाई अभिप्रेरित गर्छ।

ग्लोबल मनी वीक २०२२ कै सन्दर्भमा आइतबार काठमाडौंमा आयोजना गरिएको र्‍यालीमा समेत बैंकले सहभागिता जनाएको थियो।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७