धनुषामा पाँच बालक सवार मोटरसाइकल दुर्घटना हुँदा चारको मृत्यु, एक घाइते


१५ चैत्र २०७८, मंगलवार
acc 1

धनुषा । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा चार जना बालकको मृत्यु भएको छ । जिल्लाको सबैला नगरपालिका-२ मा सोमबार साँझ अनियन्त्रित भई भएको दुर्घटनामा परी चार बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । एक जना घाइते भएका छन् ।

एकै मोटरसाइकलमा पाँच जना सवार रहेको धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए । उनकाअनुसार ज ६ प ६७३९ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो ।

दुर्घटनामा सबैला-२ बस्ने १२ वर्षीय लक्ष्मी यादव, वर्ष १५ का राहुल यादव, १४ वर्षका सुमित यादव र वर्ष १२ का विकास यादवको मृत्यु भएको छ । राहुल मोटरसाइकल चालक हुन् । दुर्घटनामा १९ वर्षका सुरेन्द्र यादव घाइते भएका छन् । मृतहरूको प्रादेशिक अस्पताल जनकपुरधाममा पोष्टमार्ट हुने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७