माधव नेपाल टर्की प्रस्थान


१५ चैत्र २०७८, मंगलवार
Madhav Nepal ex PM scaled

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल टर्की प्रस्थान गरेका छन् । टर्कीको अंकारामा आयोजना हुने इको क्लाइमेट कन्फरेन्समा सहभागी हुन नेता नेपाल सोमबार राति टर्की प्रस्थान गरेका हुन् ।

नेपाल टर्किस एअरलान्सको उडानबाट इस्तानावुल हुँदै अंकरातर्फ प्रस्थान गर्ने कार्यक्रम छ । मार्च २९ देखि ३१ सम्म अंकरामा हुने समिटलाई नेता नेपालले सम्बोधन गर्नेछन् । नेता नेपाल यही चैत्र १९ गते स्वदेश फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७