रूबलमा रुसी ग्यासको भुक्तानी ‘अस्वीकार्य’ : जी-सेभेन


१५ चैत्र २०७८, मंगलवार
G7 leaders 6HuWCDsHel

काठमाडौं । रुबलमा रूसी ग्यासको भुक्तानी अस्वीकार्य हुने विश्वका ठूला सात औद्योगिक राष्ट्रहरूको समूह (जी-सेभन) समूहका सदस्य राष्ट्रले सोमबार दोहोर्‍याएका छन् । समूहमा बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र अमेरिका छन् ।

जर्मनीका अर्थमन्त्री रोबर्ट हाबेकले भने, ‘जी-सेभन राष्ट्रका ऊर्जा मन्त्रीहरू यो विद्यमान सम्झौताहरूको एकपक्षीय र स्पष्ट उल्लङ्घन हो भन्ने कुरामा सहमत भए ।’ हाल जर्मनीले जी-सेभनको अध्यक्षता गरिरहेको छ । ‘रुबलमा भुक्तानी स्वीकार्य छैन र हामी सरोकारवाला कम्पनीलाई पुटिनको मागको पालना नगर्न आह्वान गर्दछौं’, उनले थपे ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले गत हप्ता रुसले सबै युरोपेली सङ्घमा समावेश देशहरूलाई प्राकृतिक ग्यास वितरणका लागि रुबलमा भुक्तानी मात्र स्वीकार गर्ने घोषणा गरेका थिए । युक्रेनमा आफ्नो आक्रमणमाथि पश्चिमले लगाएको कमजोर प्रतिबन्धको बाबजुद मस्कोले आफ्नो अर्थतन्त्रलाई प्रभावित हुन नदिन सङ्घर्ष गरिरहेको बेला यो कदम चालिएको हो ।

city

‘मेरो विचारमा हामीले यस मागलाई पर्खालविरुद्ध पुटिनको पिठ्यूँ भएको रूपमा व्याख्या गर्नुपर्छ’, हबेकले आफ्ना जी-सेभेन समकक्षहरूसँगको छलफलपछि भने । फ्रान्सेली राष्ट्रपति इमान्युल म्याक्रोंले शुक्रबार पुटिनको ‘ग्यास-फर-रूबल’ मागलाई अस्वीकार गरिसकेका छन् ।

jagdamba.cement

रूसी कदम ‘सम्झौताअनुरूप छैन र हामीले यसलाई किन लागू गर्ने भनेर म बुझ्न सकेको छैन’, म्याक्रोंले भने । अन्य युरोपेली देशहरू जस्तै जर्मनी पनि युक्रेन युद्धको कारण रूसी ऊर्जा आयातमा आफ्नो भारी निर्भरता कम गर्ने पहल गरिरहेको भए पनि अहिलेसम्म रुसी तेल र ग्यासको बहिष्कार गर्ने आह्वानको विरोध गर्दै यसो गर्दा युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र (जर्मनी) मा अस्तव्यस्त हुनसक्ने उसले बताएको छ ।

यसैबीच, रुसले युक्रेनसँगको युद्धमा आफूलाई एक्लो बनाउने मुलुकका नागरिकलाई आफ्नो भूगोलमा प्रवेशमा समेत कडाइ गर्ने तयारी गरिरहेको रूसी विदेशमन्त्री सेर्गेई लाभारोभले सोमबार बताएका छन् । रासस/एएफपी

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७