मलाई एमालेले आक्रमण गर्दा प्रतिरोध गर्ने रामकुमारी झाँक्री हुन् : रामचन्द्र पौडेल


१५ चैत्र २०७८, मंगलवार
Ramchandra Poudel

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनको विजारोपण आफूले गरेको दाबी गरेका छन् । सोमबारको केन्द्रीय समितिको बैठकमा आफ्ना धारणा राख्दै उनले यस्तो बताएका हुन् ।

सबैलाई पाँच मिनेटको समय तोकिएको भए पनि पौडेलले भने आफ्ना महत्वपूर्ण धारणा रहेको भन्दै १५ मिनेट समय लिएका थिए । उनले तनहुँमा आफूले पूल उद्घाटन गर्ने क्रममा तत्कालीन एमाले सांसद किसान श्रेष्ठको समूहले आक्रमण गरेपछि नेतृ रामकुमारी झाँक्रीले विरोध जनाएपछि गठबन्धनको भ्रुण रोपिएको बताए ।

‘गठबन्धन सूत्रपात देउवाजीले गरेको होइन हामीले गरेको हो । तत्कालीन इतर समूहका हामीले गरेका हौं’, उनले भने, ‘तनहुँमा मलाई पूल उद्घाटन गर्ने क्रममा आक्रमण गर्दा रामकुमारी झाँक्रीले आपत्ति प्रकट गरिन् । त्यो स्वागतयोग्य काम थियो ।’

नेता पौडेलले नेकपा (एमाले) लाई बलियो बनाउन नहुने धारणा राखे । उनले नेकपा (माओवादी) र नेकपा (एकीकृत समाजवादी) लाई केही मत हालेर साइजमा राख्नुपर्ने र यसले ओलीको शक्ति कमजोर हुने दाबी गरे । ‘कम्युनिष्टसँग मिल्ने नहुने कुरा पञ्चायतमा दरवार र विदेशीको हुन्थ्यो । अहिले पनि कता कता यो खालको कुरा छ’, उनले भने, ‘ओलीलाई साइजमा राख्न भए पनि गठबन्धन गर्न आवश्यक छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७