लेटाङ प्रहरी हत्या प्रकरण : ४९ जना पक्राउ, २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा


१५ चैत्र २०७८, मंगलवार
shrestha

मोरङ । मोरङको लेटाङमा दुई साताअघि एक महिला प्रहरीको हत्या घटनामा संलग्न भएको आरोप लागेका २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

हत्या आरोपिविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि वढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । शिक्षक मनोज पौडेलले कक्षा ७ मा अध्ययनरत एक १४ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको घटनाले उग्ररुप लिँदा चैत ६ गते प्रहरी जवान २६ वर्षीया उर्मिला श्रेष्ठको हत्या भएको थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

कर्तव्य ज्यान मुद्दामा अहिलेसम्म एक जना महिलासहित २० जनामाथि अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । लेटाङ घटनामा संलग्न भएको आशंकामा अहिलेसम्म ४९ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । ‘पक्राउ परेकामध्ये २९ जनाविरुद्ध अभद्र व्यवहारको मुद्दामा अनुसन्धान गरिरहेका छौं’, डिएसपी श्रेष्ठले भने ।

city

प्रहरीले अहिलेसम्म लेटाङ नगरपालिका-५ की १८ वर्षीया निशा पुलामी मगर, ४८ वर्षीय भन्द्रकान्त लामा, २५ वर्षीय रविन राई, २३ वर्षीय प्रदीप राई, २० वर्षीय रविन तामाङ, सञ्जीव प्रधान, प्रनिस कट्टेल, जस्वीन पाख्रिन, सुनिल लिम्बू, प्रल्हाद खड्का, अर्पण परियार, पासाङ तामाङ, १९ वर्षीय सञ्जय मगर र १८ वर्षीय सुरज अधिकारीलाई हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरेको छ ।

jagdamba.cement

त्यसैगरी लेटाङ-६ का १८ वर्षीय सन्तोष पौडेल, राम राई, बलराम भनिने पालाराम राई, २० वर्षीय हिमाल श्रेष्ठ, श्रवण यादव र मोरङकै मिक्लाजुङ गाउँपालिका २ घर भइ लेटाङ-५ मा बस्दै आएका २० वर्षीय कृष्ण विकविरुद्ध पनि प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको छ ।

घटनाको अनुसन्धान अझै जारी रहेकाले थप आरोपी पक्राउ पर्नसक्ने प्रहरीले जनाएको छ । घटना अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), प्रदेश-१ प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङले संयुक्त टोली परिचालन गरेका छन् ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७