विवेकशील साझाले तोक्यो दुई प्रदेशमा इञ्चार्ज र चार प्रदेशमा संयोजक


१५ चैत्र २०७८, मंगलवार
bibekshil sajha jUVooRewbo

काठमाडौं । प्रदेश-१ र कर्णालीमा विवेकशील साझाले इञ्चार्ज र संयोजक तोकेको छ । सोमबार बसेको विवेकशील साझाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रदेश-१ को इञ्चार्जमा प्रकाशचन्द्र परियार र कर्णाली प्रदेशको इञ्चार्जमा कणर्बहादुर शाहीलाई चयन गरेको हो ।

यस्तै पार्टीको बागमती प्रदेश संयोजकको जिम्मेवारी उज्ज्वलकृष्ण श्रेष्ठलाई दिइएको छ भने गण्डकी संयोजकमा सुशीला केसी अधिकारी चयन भएका छन् ।

त्यस्तै मधेश संयोजकमा धनपति महतो, सुदूरपश्चिम संयोजकमा दिनेश भण्डारी र अन्तर्राष्ट्रिय समितिमा एसके श्रेष्ठलाई चयन गरिएको विवेकशील साझाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७