ढुलढुनाको गुर्जा खोलामा ट्रस पुल


१५ चैत्र २०७८, मंगलवार
pul 1
फाइल फोटो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-१ ढुलढुनास्थित गुर्जा खोलामा स्टिल ट्रस पुल निर्माण भएको छ । गुर्जा हिमालको आधार शिविर र चरन खर्कमा जाने पदमार्गमा पर्ने ढुलढुनास्थित गुर्जा खोलामा पुल निर्माण भएको हो ।

उपभोक्ता समितिका अध्यक्ष पदम छन्त्यालले पुल बनेपछि दुई घण्टा ३० मिनेटको यात्राअवधि ४५ मिनेटमा छोटिएको बताए । ‘२६५ घरधुरी स्थानीयवासी, गुर्जा हिमालको आधार शिविर जाने पर्यटक, पर्यटक मजदुर र चरन खर्कमा जाने-आउने कृषक लाभान्वित भएका छन्’, उनले भने, ‘देउरालीदेखि घुमाउरो दुई घण्टा तीस मिनेटको बाटो ४५ मिनेटमा छोटिएको छ ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यसअघि सो ठाउँमा काठको अस्थायी पुलबाट जोखिम मोलेर आवतजावत गर्ने गरिएको थियो । बस्तीदेखि टाढा रहेको सो ठाउँमा पुल बनाउन गुर्जावासीहरु जङ्गलमै बास बसेका थिए । पुल जडान गर्ने मजदुरसहित १५ जना स्थानीयवासी र उपभोक्ता समितिका पदाधिकारी ११ दिन निर्माणस्थलमै बास बसेका थिए ।

city
ncll 2

३० लाखका लागतमा निर्माण भएको २८ मिटर लामो पुलको उचाइ ३२ मिटर छ । खोलाको सतहदेखि काठको टेका राखेर पुलमा स्टिल डेग जडान गरिएको थियो । २०७७ चैत महिनामा सम्झौता भएको पुल निर्माण कार्य कोरोना महामारी र बर्खाका कारण रोकिएको थियो ।

jagdamba.cement
nepal liquors

टिभिएसयुद्वारा सञ्चालित स्वाप परियोजना, गाउँपालिका र समुदायको साझेदारीमा पुल निर्माण भएको हो । स्टिल डेग, बुल्डअप ग्रिप र ट्रस खरिद गरेको थियो । निर्माण सामग्री ढुवानी, जडान र निर्माणको काम उपभोक्ता समितिले गरेका हुन् ।
लुलाङ हुँदै गुर्जा जोड्ने पदमार्गमा पर्ने ओमथान खोलामा पनि रु ३० लाख ९३ हजारको लागतमा २८ मिटर लामो स्टिल ट्रस पुल निर्माण भएको छ । वडाध्यक्ष झकबहादुर छन्त्यालले गुर्जामा पाँच वर्षको अवधिमा दुईवटा ट्रस र तीनवटा झोलुङ्गे पुल निर्माण भएको जानकारी दिए ।

दोप्ताखोलामा ६७ मिटर, कातिखोलामा ५० मिटर, घुर्मखोलामा ३२ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो । धवलागिरि गाउँपालिकामा गत वर्ष सुरु भएका चारवटा स्टिल ट्रस र तीनवटा झोलुङ्गे पुलमध्ये पाँचवटा सम्पन्न भएका प्राविधिक दिलीप थापाले बताए । वडा नं ४ नाउराको कोपिलाघाटमा रु ४० लाख ९४ हजार ४०५ को लातमा ६७ मिटर लामो झोलुङ्गे र वडा नं २ को आवासखोलामा रु ३२ लाख ४१ हजार ८४९ को लागतमा ३२ मिटर लामो ट्रस पुल निर्माण भइसकेको छ । मुनाको पुल्टिसखोला र मल्कवाङको खोलाखर्कको झोलुङ्गे पुल अन्तिम चरणमा छन् । पुल निर्माणका क्रममा सामाजिक तथा प्राविधिक सहजीकरण गैरसरकारी संस्था मिलन म्याग्दीले गरेको थियो । रासस

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७