वागमतीसहित चार प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना


१६ चैत्र २०७८, बुधबार
kuhiro

काठमाडौं । भारतको विहार आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव र स्थानीय वायुको प्रभाव रहँदा आज बिहान प्रदेश-१ लगायत वागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा सामान्य बदली रहेको मौसमविदले बताएका छन् ।

आज दिउँसो प्रदेश-१, मधेस प्रदेश, वागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना छ ।

विभागले आज राति प्रदेश-१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । प्रदेश-१, वागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७