फर्नान्डेसको दुई गोलमा पोर्चुगल विश्वकपमा छनोट


१६ चैत्र २०७८, बुधबार
bruno fernandes Os4wm95dfc

काठमाडौं । ब्रुनो फर्नान्डेसको दुई गोलको सहयोगमा पोर्चुगल फिफा कतार विश्वकप २०२२ का लागि छनोट भएको छ । मंगलबार राति भएको युरोपेली छनोटको प्लेअफ फाइनलमा नर्थ म्यासेडोनियालाई २-० ले पराजित गर्दै पोर्चुगल विश्वकपका लागि छनोट भएको हो ।

घरेलु मैदानमा पोर्चुगललाई जित दिलाउन दुवै गोल ब्रनो फर्नान्डेसले गरे । खेलको ३२ औं मिनेटमा ब्रनोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । उनले कप्तान क्रिस्टियानो रोनाल्डोको पासमा गोल गरेका थिए ।

६५ औं मिनेटमा फर्नान्डेसले गोल गर्दै पोर्चुगललाई २-० को जित दिलाउँदै विश्वकपमा पुर्‍याए । उनले डिओगो जोटाको पासमा गोल गरे । मंगलबार राति नै भएको प्लेअफकै अर्को खेलमा पोल्यान्डले स्विडेनलाई हराउँदै विश्वकपमा छनोट भयो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७