घाना र क्यामरुन विश्वकपका लागि छानिए


१६ चैत्र २०७८, बुधबार
Camroon football VnFtWu1CqQ

काठमाडौं । घाना र क्यामरुनले फिफा विश्वकप २०२२ का लागि आफ्नो स्थान सुरक्षित गरेका छन् । विश्वकप छनोटअन्तर्गतको तेस्रो चरणको खेलमा प्रतिस्पर्धी टोलीलाई अवे गोलमा पछि पार्दै यी दुई टोलीले विश्वकपमा स्थान बनाएका हुन् ।

मंगलबार भएको खेलमा घानाले नाइजेरियासँग १-१ को बराबरी खेलेको थियो । पहिलो लेगमा उनीहरुबीचको खेल गोलरहित बराबरीमा सकिएको थियो । त्यसैले अवे गोलको आधारमा घाना विश्वकपमा छानिएको हो ।

त्यस्तै क्यामरुनले पनि अवे गोलको आधारमा अल्जेरियालाई पछि पार्दै विश्वकपमा स्थान बनाएको हो । यसअघि पहिलो लेगमा अल्जेरियासँग १-० गोल अन्तरले हारेको क्यामरुनले मंगलबारको खेलमा २-१ गोल अन्तरको जित हात पारेको हो । मंगलबारको खेलमा मोरोक्को र ट्युनिसियाले पनि आ-आफ्नो खेलमा जित हात पार्दै विश्वकपमा स्थान पक्का गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७