‘युक्रेनी फौजले रुसी युद्धबन्दीहरूका खुट्टामा गोली हानिरहेको’ भिडियो भाइरल


१६ चैत्र २०७८, बुधबार
2 video of war prisone being shot on the leg by ukranian sodiers1648574261

किभ । युक्रेनी फौजले रुसी युद्धबन्दीहरूका खुट्टामा गोली हानिरहेको बताइएको भिडियो फुटेजमाथि युक्रेनी सरकारी निकायले छानबिन गरिरहेको छ । २७ मार्च आइतबार बिहान पहिलो पटक देखिएको अलि धमिलो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

यो भिडियो थुप्रै प्लेटफर्मका रुस समर्थित एकाउन्टमा धमाधम रिपोस्ट भइरहेको छ । तर युक्रेनी सशस्त्र फौजका कमाण्डर इन चिफ भ्यालेरी जाल्झनीले युक्रेनले रुसी युद्धबन्दीहरूलाई दुर्व्यवहार गरिरहेको देखाउन रुस आफैले यस्तो भिडियो खिचेर प्रचार गरिरहेको आरोप लगाएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकार ओलेक्सी एरोस्तोभिचल भनेका छन्, ‘यस सम्बन्धमा तत्काल अनुसन्धान हुनेछ । म हाम्रा सम्पूणर् सेना, सर्वसाधारण र प्रतिरक्षा फौजलाई युद्धबन्दीहरूलाई दुर्व्यवहार गर्नु भनेको युद्ध अपराध हो भन्ने स्मरण गराउन चाहन्छु ।’

बीबीसी आफैले पनि यस भिडियोको विश्लेषण गरिरहेको छ । तर बीबीसीले स्वतन्त्र रूपमा यसको प्रमाणिकीकरण गर्न सकेको छैन । निकै ग्राफिक अवस्थामा रहेको भिडियोमा थुप्रै सैनिक भुँइमा लडिरहेका, केहीले टाउकामा झोला बोकेका तथा धेरैजसोका खुट्टाबाट रगत बगिरहेको देखिन्छन् । तर तिनीहरूलाई कसरी चोट लागे भन्ने स्पष्ट छैन । बीबीसीबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७