प्रधानमन्त्रीले आज बिमस्टेकको पाँचौं सम्मेलनलाई सम्बोधन गर्दै


१६ चैत्र २०७८, बुधबार
deuwa

काठमाडौं । श्रीलंकाले आयोजना गरेको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) को पाँचौं शिखर सम्मेलन आज (बुधबार) हुँदैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई मंगलबार परराष्ट्रमन्त्री डा. नारायण खड्काले कोलम्बोमा सम्बोधन गरेका छन् । परराष्ट्रमन्त्री खड्काले बिमस्टेक स्थापनादेखि हालसम्म भएका उपलब्धिको चर्चा गर्दै बिमस्टेक प्रक्रियालाई थप प्रभावकारी बनाउनु पर्ने बताएका छन् ।

उनले यो क्षेत्रमा जनताको जीवनस्तर माथि उकास्न सबैलाई समान अवसर प्रदान गर्नुपर्ने र यो क्षेत्रलाई शान्तिपूणर् तथा सम्पन्न बनाउन सहकार्य गर्नुपर्ने पनि उल्लेख गरे । नेपालले यसअघि गरेको सम्मेलनको समेत खड्काले चर्चा गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७