त्रिदेशीय टी-२० क्रिकेट श्रृंखलामा आज नेपाल र मलेसिया खेल्दै


१६ चैत्र २०७८, बुधबार
nepalicricketteam 20220321091842
फाइल फोटो

काठमाडौं । त्रिदेशीय टी-२० क्रिकेट श्रृंखलामा आज (बुधबार) नेपाल र मलेसिया खेल्दै छन् । नेपालले आफ्नो दोस्रो खेलमा आज मलेसियासँग खेल्न लागेको हो ।

खेल दिउँसो साढे १२ बजे कीर्तिपुर मैदानमा शुरु हुनेछ । यसअघि पहिलो खेलमा अस्ती नेपालले पपुवा न्यूगिनी पीएनजीलाई १५ रनले हराएको थियो । त्यस्तै हिजोको खेलमा मलेसियाले पीएनजीलाई ८ रनले हरायो । नेपालले तेस्रो खेल भोलि पीएनजीसँग खेल्ने छ । त्रिदेशीय श्रृंखलामा नेपाल, मलेसिया र पीएनजी सहभागी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७