नेपाल-सिङ्गापुर चेम्बर अफ कमर्शको अध्यक्षमा कुँवर


१६ चैत्र २०७८, बुधबार
PHOTO 2022 03 29 18 25 17 577x768 1

काठमाडौं । नेपाल सिङ्गापुर चेम्बर अफ कमर्श एण्ड इन्ड्रस्टिजको अध्यक्षमा इन्जिनियर दीपक कुँवर चयन भएका छन् ।
कमर्शको मङ्गलबार साँझ सम्पन्न भेलाले कुँवरको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

नेपालको सामाजिक, व्यावसायिक तथा आर्थिक क्षेत्रमा योगदान पुर्‍याएका कुँवर नेपाल घर जग्गा व्यवसायी महासङ्घका द्वितीय उपाध्यक्ष, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका अध्यक्ष एवं नयाँ बसपार्कमा सञ्चालित लोत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष हुन् । उनी दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन् ।

उपाध्यक्षमा सञ्जयकुमार अग्रवाल र विनोद ढकाल, महासचिवमा कृष्णकुमार अग्रवाल, कोषाध्यक्षमा गोविन्दप्रसाद थपलिया, सचिवद्वयमा देवआनन्द सरवगी र दिनेश बज्राचार्य चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा कमला श्रेष्ठ, गोविन्दप्रसाद घिमिरे, विजयसिंह वैद्य, मनोजकुमार अग्रवाल, स्कन्द अमात्य, दीपेश तुलाधर, रजुल श्रेष्ठ, खेमराज पन्त, अभिषेक सारडा, सुजेन श्रेष्ठ, सुमेध शाक्य, निशान ढकाल र आरुश्री खतिवडालाई चयन गरिएको छ । समितिको विशिष्ट सदस्यमा नेपाल चेम्बर अफ कमर्शका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठलाई चयन गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७