प्रभावकारी बन्दै निर्वाचन क्षेत्र पूर्वाधार विकास योजना


१६ चैत्र २०७८, बुधबार
kalopatre
फाइल फोटो

पोखरा । सानो रकमले जनताका साझा समस्याको समाधान गर्न सकिन्छ भन्ने पोखराको एक सुकुम्बासी बस्तीका बासिन्दा उदाहरणीय बनेका छन् ।

पोखरा महानगरपालिका-१५ पट्नेरीस्थित सुकुम्बासी बस्तीबीचको बाटो ढलान गरेपछि सो क्षेत्रका बासिन्दाले यतिखेर केही हदसम्म भए पनि सुविधासहित सुरक्षाको अनुभूति गरेका हुन् । निर्वाचन क्षेत्र पूर्वाधार विकास योजना गण्डकी प्रदेशको तीन लाखसहित रु साढे पाँच लाखको लागतमा नाला र सात मिटर चौडाइको ६० मिटर लम्बाइ बाटो ढलान गरिएको गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्मा समक्ष स्थानीय बासिन्दाले बताए ।

पूर्वाधार विकास योजनाअन्तर्गतका २९ लाख बराबरका विभिन्न सातवटा योजनाको स्थलगत अनुगमन गर्दै उनले उपभोक्ताको सक्रियतामा भएका विकास निर्माण तोकिएको समय र गुणस्तरीय हुने विश्वास व्यक्त गरिन् । यस क्षेत्रमा खानेपानी, सडक निर्माणसँगै अन्य आवश्यकता परिपूर्तिका लागि आफ्नोतर्पmबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उपसभामुख शर्माले त्यसका लागि स्थानीय बासिन्दा सङ्गठित भएर लाग्नु अपरिहार्य रहेको बताइन् ।

प्रदेशसभा सदस्य कृष्ण थापा र उपसभामुख शर्माको निर्वाचन क्षेत्र पूर्वाधार विकास योजनाको आठ लाखबाट उक्त योजनासहित ढङ्गेसाँघुचोक सडकमा कल्भर्ट र टुटुङ्गामा नाला निर्माण कार्य सम्पन्न गरिएको उपभोक्ता समितिका अध्यक्ष मुक्तिलाल गुरुङले जानकारी दिए । टुटुङगादेखि परोपकार महासङ्घको आश्रम हुँदै पटनेरीको बस्तीसम्म पुग्ने बाटो र ढल निर्माण नहुँदा प्रत्येक वर्षाको मौसममा बस्ती उच्च जोखिममा पर्दै गरेको उल्लेख गर्दै उनले प्राकृतिक स्रोत भएर पनि कतिपय घरमा अहिलेसम्म खानेपानीको सुविधा पुग्न नसकेको गुनासो गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७