वैद्यले प्रतिनिधिसभा र प्रदेशसभामा गणतान्त्रिक पक्षधरलाई सघाउने


२९ आश्विन २०७४, आईतवार
mohan baidhya kiran

काठमाडौं : नेकपा ‘क्रान्तिकारी माओवादी’का महासचिव मोहन वैद्यले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रगतिशील गणतान्त्रिक पक्षधरका उम्मेदवारलाई सहयोग गर्ने बताएका छन् ।
पार्टीको यही असोज २२ देखि २६ गतेसम्म सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनको निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरू निर्वाचनमा सहभागी नभए पनि साम्राज्यवादविरुद्ध लडेका प्रगतिशील शक्तिलाई सहयोग गरिने बताएका हुन् ।

mohan baidhya kiran

एमाले र माओवादी केन्द्रबीच हुने एकतालाई दक्षिणपन्थीबीचको एकता भएको टिप्पणी गर्दै उनले नेकपा र राष्ट्रिय जनमोर्चासँग पार्टी एकता गर्नेबारेमा छलफल भइरहेको जानकारी दिएका छन् । ‘उनीहरू र हामीबिच कैयौँ कुरा मिल्दैनन् । तैपनि सच्चा कम्युनिस्ट पार्टीबीच एकीकरण गरौँ भन्ने हो’ उनले भने, ‘पार्टी एकता गर्ने प्रयास जारी नै रहेको छ ।’
सम्मेलनले पार्टीको विधान परिमार्जन गर्दै महासचिव पद्धति अपनाउनाका साथै ९५ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको सो पार्टीका नेता हरिभक्त कँडेलले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७