अहिल्यै गठबन्धन तोड्नु हुन्न, पछिको निर्णय पछि नै हुन्छ : सुजाता कोइराला


१६ चैत्र २०७८, बुधबार
sujata koirala

मोरङ । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले अहिले चुनावी तालमेल आवश्यक रहेको भन्दै केन्द्रीय नेतृत्वले गरेको निर्णय कार्यान्वयन गरेर जानुपर्ने बताएकी छन् ।

विराटनगरमा आज (बुधबार) आयोजित पत्रकार सम्मेलनमा उनले तालमेलको विरोध गर्नुको कुनै तुक नरहेको जिकिर गरिन् । ‘अहिलेको परिस्थितमा कांग्रेस गठबन्धनबाट भाग्नु हुँदैन । हिजोको कठिन परिस्थितिमा गठबन्धनकै कारण कांग्रेसको नेतृत्वमा सरकार बनेको हो’, उनले भनिन् ।

प्रतिनिधिसभाको अब हुने निर्वाचनमा आफू गिरिजाप्रसाद कोइरालाको निर्वाचन क्षेत्रबाट उम्मेदवार हुने पनि उनले जानकारी गराइन् । निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गरिन् ।

‘गठबन्धनको अहिल्यै तोडनु हुँदैन । मिलेरै निर्वाचन सम्पन्न गर्ने दायित्व समेत हाम्रै हो’, उनले भनिन्, ‘पार्टीको केन्द्रीय समितिले जे निणर्य गर्छ, त्यसलाई मानेर अघि बढ्नुको विकल्प छैन ।’ पार्टीभित्र देखिएका फरक मत र समूहका विषयमा टिप्पणी गर्दै उनले सबै एकजुट भएर कांग्रेसलाई विजयी गराउन लाग्नुपर्ने बताइन् ।

प्रतिनिधिसभाको निर्वाचनमा पनि तालमेल गर्ने वा एक्लै अघि बढ्ने भन्ने विषयमा पछि नै निर्णय हुनुपर्नेमा उनले जोड दिइन् । ‘पछिको निणर्य पछि नै हुन्छ’, उनले भनिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७