चुनावी तालमेलको छिट्टै ‘मोडालिटी’ बनाइन्छ : प्रकाशमान सिंह

‘नाराले मात्र पार्टी र देश चल्दैन, भ्रम छर्नेहरु विस्तारै नाङ्गिन्छन्’


१६ चैत्र २०७८, बुधबार
Prakash man shingh
फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले गठबन्धनको औचित्य अझै नसकिएको बताएका छन् । त्यसैले केन्द्रीय कार्यसमिति बैठकले स्थानीय आवश्यकताका आधारमा सत्ता साझेदार दलहरुबीच तालमेल गरेर जाने निणर्य गरेको उनले बताएका छन् ।

कहाँ कसरी तालमेल गर्ने बिषयमा छिट्टै दलहरु बसेर मोडालिटी तय हुने समेत सिंहले बताएका छन् । ‘काँग्रेसको संसदमा उपस्थिति कस्तो थियो ? के कारण काँग्रेसको नेतृत्वमा सरकार निर्माण भयो ? यी सबै कुरा सबैले ख्याल राख्नुपर्छ’, उनले भने ।

नेपाली नागरिकलाई अधिकार दिलाउने पार्टी काँग्रेस भएको कुरा नबिर्सन उनले सबैमा अपिल गरे । बुधबार काठमाडौंको बुद्धनगरमा आयोजित स्थानीय नागरिकहरुसँगको भेटघाटका क्रममा उनले चुनावीमा जनताले पार्टीहरुको लेखाजोखा गर्ने बेला आएको बताए । ‘कसले कुन समयमा देश र जनताका लागि के गर्‍र्या ? यसको सही मुल्यांकन गर्नुपर्छ । क्षणभरको घटनाक्रम मात्रै नभई विगतको पनि समीक्षा गरेर आफ्नो मत दिनु हुन मेरो आग्रह छ’ उनले भने ।

फरक प्रसङ्गमा बोल्दै परिवर्तनको नारा दिएर जनतालाई भ्रम छरेर क्रान्तिकारी कुरा गरेर राजनीतिमा आएको पार्टी विवेकशील साझाको हालत के भयो भन्दै प्रश्न गरेका छन् । राजनीतिमा नारा र भाषणले मात्रै चल्दैन भने कुरा पुष्टि भएको सिंहले बताए । उनले भने, ‘आज ती पार्टीका नेताको गतिविधि कस्तो छ ? पार्टी कस्तो छ ? सबैले देखे सुनेकै होला ? भ्रम छर्नेहरु बिस्तारै जनता माझ नाङ्गिदै गएका छन् ।’

यस्तै अब महानगरबासीले जनताले तिरेको कर बैंकमा जम्मा गरेर ब्याज खाने खालको मेयर छान्ने कि जनताको करबाट रहरलाग्दो शहर बनाउने मेयर छान्ने भन्ने फैसला गर्ने बेला आएकाले उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७