टिपरको ठक्करबाट दुई स्कूले दिदी-बहिनीको मृत्युपछि सुन्दरीजलमा तनाव


१६ चैत्र २०७८, बुधबार
2 school girls tripper ojX8j6fjmV

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरको ठक्करबाट दुई स्कूले दिदी-बहिनीको मृत्यु भएपछि उक्त क्षेत्रमा तनावको स्थिति सिर्जना भएको छ ।

स्थानीय वल्र्ड युथ इन्टरनेशनल स्कसलमा अध्ययनरत रोहन घिसिङका छोरीहरू सृष्टि र श्रेयाको आज बिहान सवा ८ बजे टिपरको ठक्करबाट मृत्यु भएपछि आक्रोशित स्थानीयले टिपरमा तोडफोड गर्दै सडक अबरुद्ध पारेका हुन् । प्रहरीले केही राउण्ड अश्रुग्याँस समेत प्रहार गरेको छ ।

दुवै छोरीलाई मोटरसाइकलमा राखेर स्कूल लैजाँदै गर्दा टिपरले ठक्कर दिँदा दुई छोरीको घटनास्थलमै मृत्यु भएको र घिसिङ भने गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । टिपर चालकले टिपर ब्याक गरेर किच्दा दुवै छोरीको मृत्यु भएको घाइते बुबाको भनाई छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७