बिमस्टेक क्षेत्रलाई जोड्ने बलियो आधार बौद्ध दर्शन : प्रधानमन्त्री देउवा


१६ चैत्र २०७८, बुधबार
ROS KTM 64834413 scaled

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बिमस्टेक क्षेत्रलाई जोड्ने बलियो आधार बौद्ध दर्शन नै भएको बताएका छन् । बुधबार बिहान बिमस्टेकको पाँचौ शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले लुम्बिनीलाई जोड्ने बुद्धिस्ट सर्किटलाई सञ्चालन गर्नुपर्ने धारणा राखेका हुन् ।

ROS KTM 64834411

उनले भने, ‘हामीले बुद्धदर्शन (धर्म) लाई बलियो समन्वयात्मक सूत्रको रुपमा प्रर्वद्धन गर्नु आवश्यक छ ।’ देउवाले जलवायु परिवर्तनका सम्बन्धमा कडा कदम चाल्नुपर्ने बताए । प्रधानमन्त्री देउवाले गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई जोडेर बौद्ध सर्किट स्थापनाका लागि क्षेत्रीय संगठन आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सदस्य देशलाई आह्वान गरेका छन् ।

प्रधानमन्त्री देउवाले बिमस्टेक सदस्य देशलाई बौद्ध दर्शनले आपसमा जोड्नुपर्ने बताएका छन् । ‘बिमस्टेक सदस्य देशका मठमन्दिर, पुरातात्विक स्थल, पर्यटकीय स्थल र साहसिक मनोरञ्जन स्थललाई जोडेर पर्यटकीय सर्किट संचालनमा ल्याउने कदमको नेपालले स्वागत गर्छ’ देउवाले सम्बोधनमा भने ।

ROS 4225

उनले दिगो विकास र शान्तिको लागि विम्स्टेकसहित निजी साझेदारको आवश्यकतामा जोड दिए । प्रधानमन्त्री देउवाले बिमस्टेकको प्रक्रिया अगाडि बढाउनको लागि नेपाल प्रतिबद्ध रहेको स्पष्ट पारे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७