एमालेले माग्यो लुम्बिनीका मुख्यमन्त्री केसीको राजीनामा


१६ चैत्र २०७८, बुधबार
kul prasad kc

बुटवल । बुटवल लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्कापट्टा प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेश सरकारको मिलोमतो भएको आरोप लागउँदै मुख्यमन्त्रीको राजीनामा मागेको छ ।

एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलले आज (बुधबार) बुटवलमा पत्रकार सम्मेलन गरी लुम्बिनी प्रादेशिक अस्पतालको भवन ठेक्कामा सरकारको नै मिलेमोतो रहेको आरोप लगाउँदै मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा माग गरेको हो ।
आर्थिक मिलेमतो रहेको आशंका गरिएको र सोहीअनुसार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराम घिमिरेले राजीनामा दिएपछि उक्त मिलेमतो पुष्टि भएको एमालेको दाबी छ । अव मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने एमाले संसदीय दलका उपनेता वैजनाथ चौधरीले बताए ।

चौधरीले भवनको टेण्डर खोल्दा नै त्यहाँ राखिएका प्रावधानले सेटिङ भइरहेको छ भन्ने देखिएकोले अहिले कार्यकारी प्रमुखले नै सरकारको दबाबमा राज्यलाई नोक्सान पुग्ने काम भएको बताए । उनले अव यस्तो अवस्थामा नसुहाउने र यसबारे छानबिन गर्नुपर्ने माग राखे ।

सरकारका क्रियाकलाप निरन्तर विवादास्पद हुँदै गर्दा प्रदेश पूर्वाधार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुव मजगैयालाई हटाएर अनन्तराम घिमिरेलाई नियुक्त गरिएपछि बिबादास्पद क्रियाकलापको शृङ्खला शुरु भएको एमालेको आरोप रहेको छ । घिमिरेको नियुक्तिपछि भएका विवादास्पद क्रियाकलापले सोमवार पदबाट राजीनामा दिँदा सार्वजनिक गरेको प्रेस विज्ञप्तिले धेरै विषयलाई स्पष्ट पारेको एमालेले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७