सपनामा ईश्वरको निन्दा गरेको देखेको आरोपमा तीन शिक्षिकाले गरे सहकर्मीको हत्या


१६ चैत्र २०७८, बुधबार
pakistan hatya iUh0Q7lfdv

काठमाडौं । पाकिस्तानमा ईश्वर निन्दाका नाममा हत्याको सिलसिला रोकिने कुनै संकेत देखिएको छैन । मंगलबार मात्र पाकिस्तानको डेरा इस्माइल खानमा तीन महिला शिक्षक मिलेर आफ्नै सहयोगी शिक्षिकाको घाँटी रेटेका छन् । अझ अचम्मको कुरा त उनले सपनामा ईश्वरको विरोध गरेको आरोप लगाइएको हो ।

पाकिस्तानी पत्रिका द डनका अनुसार यो घटना जामिया इस्लामिया फलाहुल बिनातमा भएको हो । प्रहरी घटनास्थल पुग्दा शिक्षिका रगतले लतपतिएको अवस्थामा मृत फेला परेकी थिइन् । त्यसपछि प्रहरीले सबै अभियुक्तलाई पक्राउ गरेको छ ।
१३ वर्षकी बालिकाले जब यस्तो सपना देखिन्…
पाकिस्तानी प्रहरीका अनुसार एक जना १३ वर्षीया बालिकाले अघिल्लो राति ती शिक्षिकाले ईश्वरको निन्दा गर्ने गरेको र उनलाई हत्या गरिनुपर्ने आदेश आएको सपना देखिन्। सपनाको यो कुरा उनले आफन्त शिक्षिकालाई सुनाइन्, त्यसपछि तीन जना मिलेर आफ्नै सहकर्मीको हत्या गरेका हुन् ।

प्रहरीले भनेको छ- मारिएकी शिक्षिका धार्मिक नेता मौलाना तारिक जमिलकी अनुयायी थिइन्, जुन कुरा हत्यामा संलग्नहरूलाई मन परिरहेको थिएन । उनीहरू दक्षिण वजिरिस्तानको आदिवासी जिल्लामा बस्ने मेहसुद जनजातिका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७