चितवनमा बसले मोटरसाइकललाई ठक्कर दिंदा दम्पतीकै मृत्यु


१७ चैत्र २०७८, बिहीबार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

चितवन । चितवनको रत्ननगर नगरपालिका- ९ भानुचोकमा बसले बुधबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रत्ननगर नगरपालिका-२ घर भएका ४५ वर्षीय निरन्जन श्रेष्ठ र उनकी ३० वर्षीय पत्नी मिनतारा श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालय चितवनका एसपी नवराज अधिकारी जानकारी दिए ।

उनीहरु चढेको बागमती प्रदेशको ०३-००२-१८९५ नम्बरको मोटरसाईकललाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख १९० नम्बरको बसले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका दम्पतीको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । दुर्घटनापछि बस चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७