युक्रेनी सेनाले आत्मसमर्पण गरे मात्रै गोलाबारी अन्त्य हुन्छ : पुटिन


१७ चैत्र २०७८, बिहीबार
putin

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सेनाले आत्मसमर्पण गरेपछि मात्रै युक्रेनी शहर मारिओपोलमा गोलाबारी अन्त्य हुने बताएका छन् । मंगलबार राति फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग एक घण्टा लामो फोन वार्तामा उनले सो धारणा राखेको रुसी प्रशासन केन्द्र क्रेमलिनले एक विज्ञप्तिमा जनाएको छ ।

शहरबाट नागरिकहरूलाई हटाउने योजनाहरू विचार गर्न भने पुटिन सहमत भएको फ्रान्सेली अधिकारीहरुले बताएका छन् । त्यसपछि रुसले बिहीबार एक दिने युद्धविराम घोषणा गरेको छ । यसले मानिसहरूलाई रुस नियन्त्रित बर्दियान्स्क बन्दरगाह हुँदै जापोरिज्जियाको पश्चिमतर्फ यात्रा गर्न अनुमति दिनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७