आईपीएलमा बैंगलोरको पहिलो जित


१७ चैत्र २०७८, बिहीबार
ipl 2

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा रोयल्स च्यालेन्जर्स बैंगलोरले पहिलो जित निकालेको छ । बुधबार भएको खेलमा बैंगलोरले कोलकाता नाइट राइडर्सलाई ३ विकेटले हराएको हो । मुम्बईमा कोलकाताले दिएको १२९ रनको लक्ष्य बैंगलोरले १९ ओभर २ बलमा ७ विकेट गुमाउँदै १३२ रन बनायो ।

बैंगलोरको जितका लागि शेर्फेन रदर्फुर्डले २८ रन बनाए । त्यस्तै साहबाज अहमेदले २७ रन बनाउँदा डेभिड विलेले १८ रनको योगदान गरे । बैंगलोरका लागि दिनेश कार्तीकले १४ रन जोडे । बलिङतर्फ कोलकाताका लागि टिम साउथीले सर्वाधिक ३ विकेट लिए । त्यसै उमेस यादवले दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले १८ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै १२८ रन बनाएको थियो । कोलकाताका लागि आन्द्रे रसलले सर्वाधिक २५ रन बनाए । त्यस्तै उमेश यादवले १८ रनको योगदान गरे ।

बलिङतर्फ बैंगलोरका लागि वानिन्दु हर्शरंगाले सर्वाधिक ४ विकेट लिए । त्यस्तै आकाश दीपले ३ विकेट लिए । जितसँगै बैंगलोरले दुई खेलमा २ अङ्क जोडेको छ । बैंगलोर पहिलो खेलमा राजस्थान रोयल्ससँग पराजित भएको थियो । यता दुई खेल खेलेको कोलकाताले २ अङ्क जोडेको छ । कोलकाताले पहिलो खेलमा चेन्नई सुपर किङ्सलाई हराएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७