नेपालले आज पनि पीएनजीसँग खेल्दै


१७ चैत्र २०७८, बिहीबार
Nepal png cricket y4S81MEihK

काठमाडाैं । त्रिकोणात्मक टी-२० श्रृङ्खलाअन्तर्गत आज (बिहीबार) नेपालले आफ्नो तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दै छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल साढे १२ बजेबाट शुरु हुनेछ । यसअघि नेपालले पहिलो खेलमा पीएनजीमाथि १५ रनको जित हात पारेको थियो ।

श्रृङ्खलामा नेपालले २ खेल जितिसकेको छ भने पीएनजीले दुवै खेल हारेको छ । नेपालले बुधबार भएको खेलमा मलेसियामाथि ६ विकेटको जित हात पारेको थियो । नेपालले शनिबार मलेसियासँग खेल्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७