विजुली प्रवाह रोकिँदा चन्द्रागिरी केवलकारका यात्रु डेढ घण्टासम्म भित्रै अड्किए


१७ चैत्र २०७८, बिहीबार
cable car Chandragiri

काठमाडौं । काठमाडौंको चन्द्रागिरी केबलकारमा विद्युत् आपूर्ति रोकिँदा यात्रुहरु डेढघण्टासम्म थुनिएका छन् । बुधबार दिउँसो अढाई बजेदेखि चार बजेसम्म पाँच बालबालिकासहित ३७ जना यात्रु केवलकारमै थुनिएका हुन् । उनीहरुको डेढ घण्टापछि प्रहरीको सक्रियतामा सकुशल उद्धार गरिएको छ ।

केवलकारमा यात्रु फसेको सूचना पाएपछि महानगरीय प्रहरी वृत्त थानकोटबाट प्रहरी टोली पुगेको थियो । त्यसैगरी थानकोट प्राथमिक स्वास्थ्य केन्द्रबाट एम्बुलेन्ससहित डाक्टर, नर्ससहितको टोली उद्धारका लागि केवलकार स्टेसन पुगेको थियो ।

केवलकारमा विद्युत् प्रवाह बन्द भएपछि जेनेरेटरमार्फत केवलकार सञ्चालन गर्ने प्रयास भए पनि सम्भव नभएको चन्दागिरी हिल्स लिमिटेडले जनाएको छ । अनेक उपाय गर्दा पनि केवलकार सञ्चालन गर्ने प्रयास सफल हुन नसकेपछि कम्पनीका प्राविधिक तथा प्रहरीसहितको टोलीले हाते प्रविधिमार्फत केबलकार तलमाथि गर्ने लाठोलाई घुमाएर डेढ घण्टापछि यात्रुको उद्धार गरेका थिए । यात्रु डेढघण्टासम्म केवलकारमा थुनिए पनि कुनै अप्रिय घटना भने नभएको चन्द्रगिरी हिल्स लिमिटेडले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७